तुलसीपुर,२२ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ तमाखेका मेघराज भण्डारीलाई अहिले उपचार गर्ने पैसा नभएर परिवारले घरमै सुताईरहेको छ ।
आर्थिक अवस्था कमजोर हुँदा छोराछोरीको शिक्षा र घरको गर्जो टार्न एक साता अघि रोजगारीको शिलशिलामा भारतको बैङलोर जान हिड्नुभएको थियो । यात्राका क्रममा भारतको लखनउमा सवारी दुर्घटनामा पर्नुभयो ।
आफु चढेको रेलबाट झर्दा सोहि रेलले च्याप्दा उहाँको छाति र मेरुदण्डमा गम्भिर चोट लाग्यो । दुर्घटनामा एउटा हातै गुमाउनुपर्यो ।
परिवारका अनुसार ३५ वर्षका मेघराजलाई त्यहाँको रेलवे विभागले उपचारको साटो दुई दिनसम्म बेहोस अवस्थामै राख्यो ।
दुई दिनपछि मेघराज होसमा आउनुभयो । भारतीय रेलवे विभागका कर्मचारी मार्फत उहाँकी श्रीमती मिना भण्डारीसंग सम्पर्क भयो । उनिहरुले नेपालगन्जसम्म ल्याउन जानुपर्ने बताए ।
कमाउन हिँडेका श्रीमान दुर्घटनामा परेको खवरले परिवारमा झनै पीडा थपियो ।
नेपालगन्जसम्म ल्यााउन जानुपर्ने भयो । सवारी दुर्घटनामा परी गम्भीर घाइते उहाँलाई लखनउमा आर्थिक अभावकै कारण उपचार गर्न नसकेपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइयो ।
अस्पतालमा लाग्ने खर्च पनि जुटाउन नसकिने अवस्थाका कारण अहिले आलो घाउको बिरामी मेघराजलाई घरमै राखिएको छ ।
चिकित्सकका अनुसार बिरामी मेघराजलाई गहिरो चोटका कारण बाया हात समेत गुमाउनुपर्यो । छाति र मेरूदण्डको शल्यक्रिया पनि गर्नुपर्ने छ । आर्थिक अभावकै कारण जिवनको अन्तिम लडाइँ मृत्युुसंग लड्न बाध्य हुनुहुन्छ, उहाँ ।
घरमा नाबालक एक छोरा र छोरी सहितको परिवार छ । घाइते मेघराज औषधी उपचार नपाएर छट्पटाई रहनुभएको छ । श्रीमानको उपचारमा सक्दो सहयोग गरेर ज्यान बचाइदिन उहाँकी श्रीमति मिना भण्डारीले सबैमा सहयोगको अपिल गर्नुभएको छ ।
सहयोगका लागि मोवाइल ९८४४१८२८१९ नम्बरबाट जानकारी लिन सकिनेछ । त्यस्तै ज्योति विकाश बैंकमा रहेको ०३५०१३००४७३७५८०००००१ खातामा जम्मा गरेर सहयोग गर्न सकिनेछ भने स्क्रिनमा भएको क्युआर मार्फत पनि सहयोग गर्न सकिनेछ ।