२०८१ मङ्सिर २३ गते आइतवार

चिसो बढेपछि तुलसीपुर-११ का सार्वजनिक ठाउँमा आगो ताप्ने व्यवस्था

तुलसीपुर, १० माघ । चिसो बढ्दै गएपछि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले चोक-चोकमा आगो ताप्ने व्यवस्था गरेको छ ।

वडाका करिब आधा दर्जन बढी ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको वडा अध्यक्ष मान बहादुर रावतले बताउनुभयो ।

‘चिसो अत्याधिक बढेपछि वडाका मूख्य-मूख्य ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएका छौँ ।’ उहाँले भन्नुभयो-‘चिसो नहट्दासम्म यो व्यवस्था कायम रहनेछ ।’

अध्यक्ष रावतका अनुसार मानिसको बढी चहलपहल हुने ठाउँ जसपुर प्रहरी चौकी, उरहरी बजार क्षेत्र, जसपुर जनबहार चोक, अमर मावि उरहरी , वडा कार्यालय चोक लगाएतका ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । अहिलेसम्म चार ट्याक्टर दाउरा व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सामुदायिक बनबाट प्राप्त सहयोग र बबई नदिले बगाएर ल्याएका ढलापरा दाउरालाई सदुपयोग गरेर वडा भित्र रहेका नागरिकलाई चिसोबाट जोगाउन चोक-चोकमा आगो ताप्ने व्यवस्था मिलाइएको अध्यक्ष रावतले बताउनुभयो । चिसो बढ्दै गएको बेलामा वडाले दाउराको व्यवस्था गरेपछि स्थानीयले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस