दाङ, ३ माघ । तुलसीपुरको जंगलमा केटाकेटी एकै ठाउँमा झुण्डीएको अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित सानो बखरिया जंगलमा केटा र केटी झुण्डिएको अबस्थामा फेला परेका हुन् ।
बुधबार अपरान्ह ४ बजेतिर एउटै डोरीमा झुण्डिएको अवस्थामा उनीहरुलाई फेला पारिएको हो । अञ्दाजी २० बर्षीय केटा र २३ वर्षीया केटी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
बनमा पात टिप्न गएको अवस्थामा स्थानीयले देखेपछि जसपुर प्रहरीलाई खबर गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोखरेले बताउनुभयो ।
प्रकाशित मिति : २०८० माघ ३ गते बुधवार