दाङ, २३ भदौ । ’जय जीव दर्शन’ को मर्मलाई आत्मसात् गर्दै सामाजिक सेवामा सक्रिय दाङ तुलसीपुरका सामाजिक व्यक्तित्व उपेन्द्र पौडेलको नेतृत्वमा एउटा टोली भोटेकोशी पुगेको छ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति पुर्याएको भोटेकोशी क्षेत्रका प्रभावितहरूलाई राहत तथा सहयोग हस्तान्तरण गर्न उक्त टोली त्यसतर्फ गएको हो।
भोटेकोशीका बाढीपीडितको घाउमा मलमपट्टी लगाउने उद्देश्यले अभियान्ता पौडेललाई आध्यात्मिक युवा अभियान्ताहरू यज्ञ कुँवर, कृष्ण न्यौपाने र विचार बसन्त गिरीले साथ दिनुभएको छ।
उक्त राहत सामग्री तुलसीपुरका स्थानीय व्यवसायी तथा समाजसेवीहरूले ‘जीव दर्शन’ प्रति विश्वास व्यक्त गर्दै स्वस्फूर्त रूपमा सङ्कलन गरी उपलब्ध गराएका हुन्। वास्तविक पीडितसम्म सहयोग पुगोस् भन्ने उद्देश्यका साथ व्यवसायीहरूले हस्तान्तरण गरेको राहत सामग्री लिएर टोली प्रभावित क्षेत्रमै पुगेको हो।

’जीव दर्शन’का द्रष्टा उपेन्द्र पौडेल लामो समयदेखि निरन्तर रूपमा समाजसेवा र लोककल्याणकारी कार्यहरूमा सक्रिय रहँदै आउनुभएको छ।


