दाङ, २३ पुस । लुम्बिनी प्रदेश सरकारविद्धद्ध अख्तियारमा उजुरी पर्ने क्रम बढेको छ । प्रदेश सरकार गठन भएयता अख्तियारमा तीन सय २२ वटा उजुरी परेका छन् । जसमध्ये आयोगले एक सय ६२ वटा फछ्यौट गरेको छ भने एक सय ६० वटा उजुरी छानबिनकै क्रममा छन् ।
सबैभन्दा धेरै वन तथा वातावरण मन्त्रालयको उजुरी छ । बन तथा वातावरण मन्त्रालयविरुद्धका एक सय छ वटा परेका उजुरी मध्ये ६५ वटा फछ्यौट भएका छन् भने ३८ वटा बाँकी छन् । सबैभन्दा कम सामाजिक विकास मन्त्रालयको उजुरी छ । एउटा उजुरी परेको र त्यो पनि फछ्यौट हुन बाँकी छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको ७९ वटा उजुरी परेकामध्ये २३ वटा फछ्यौट भएका छन् । अझै ५६ वटा मुद्दा अनुसन्धानको क्रममा रहेका छन् । स्वास्थ्य मन्त्रालयका ५५ वटा उजुरीमध्ये ३५ वटा उजुरी फछ्र्योट भएका छन् भने अझै २० वटा उजुरी बाँकी छन् ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालयका ३१ वटा उजुरीमध्ये १० वटा फछ्यौट भएका छन् भने २१ वटा उजुरी अनुसन्धानको क्रममा छन् । उद्योग पर्यटन मन्त्रालयका ११ वटा उजुरी मंध्ये चारवटा फछ्यौट भएका छन् भने सातवटा अनुसन्धानकै क्रममा छन् ।
त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सातवटा भ उजुरी परेका, चारवटा उजुरी फछ्यौट भएका र तीनवटा उजुरी वांकी छन् । अर्थमन्त्रालयका दुईवटा उजुरी परेका र दुवै फछ्यौट भएका छन् । गृह मन्त्रालयका दुई उजुरी परेका, त्यसमध्ये एउटा फछर्योट भएको र एउटा उजुरी अनुसन्धानको क्रममा छ । प्रदेशसभाको एउटा उजुरी परेको र त्यो अनुसन्धानको क्रममा रहेको अख्तियारले जनाएको छ । -नयाँ युगबोध दैनिकबाट