२०८१ चैत्र ८ गते शुक्रवार

चोकको नाम आफुखुशी राखिएपछि वडा सरकारको आपत्ति

दाङ, २१ पुस । तुलसीपुरमा आफुखुुशी चोकको नामाकरण गरिएपछि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले आपत्ति जनाएको छ । तुलसीपुरको बाहिनी चोकमा बिहिबार केहि युवाहरुको समुहले पृथ्वीनारायण चोक नामकरण गरेर बोर्ड राखेपछि वडाले आपत्ति जनाएको हो ।

वडा नम्बर ६ अन्तर्गत पर्ने तुलसीपुरका विभिन्न चोकमा आफुखुशि राखेको नाम वडाले हटाउने वडा अध्यक्ष दुजमान भण्डारीले बताउनुभयो ।  

६ नम्बर वडाको विभिन्न चोकको नाम आफुखुशि राखिदै आएको प्रति वडाले गभ्भिर ध्यानाकर्षण समेत जनाएको हो ।  

चोकको नाम आफुखुसी राख्नाले समाजमा द्वन्द्व सिर्जना हुने वडा अध्यक्ष भण्डारीले बताउनुभयो । चोकको नाम राख्ने स्थानीय पालिकाको काम भएकोले व्यक्तिले आफुखुशी नाम राख्न नपाउने उहाँले बताउनुभयो । 

भण्डारीले पछिल्लो समय चोकको नाम आफुखुशी राख्ने प्रवृति बढेकोले ६ नम्बर वडाको चोकमा राखेको नामहरु हटाउने बताउनुभयो । तत्कालीन स्थानीय निकायको सार्वभौम सभाले गरेको निणर्य विना राखेका नाम वडा भित्रका हकमा हटाउने बताउनुभयो ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस