२०८३ असार १० गते बुधवार

प्रतिष्ठानमा एक महिनामा १ सय ४९ जना महिलाले पाए निशुल्क प्रसुती सेवा


दाङ, १० असार । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निशुल्कपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसुति सेवा थप प्रभावकारी बन्दै गएको छ ।

प्रतिष्ठानले चालू आर्थिक बर्षको एक महिनामा १ सय ४९ जना महिलाले निशुल्क प्रसुति सेवा प्राप्त गरेका हुन । प्रसुति सेवा प्राप्त गर्नेहरुको संख्या जेठ १ गतेदेखि ३१ गतेसम्मको हो ।

प्रतिष्ठानका प्रसुति रोग विशेषज्ञ  प्राध्यापक डा. बसन्त लामीछाने नेतृत्वमा अन्य प्रसुति रोग विशेषज्ञ   चिकित्सकको सहभागितामा निशुल्क प्रसुति सेवा अस्पतालमा प्रदान हुँदै आएको छ ।

आमा सुरक्षा कार्यक्रम निशुल्करुपमा सञ्चालन भएपछि  प्रतिष्ठानमा निशुल्क प्रसुति गराउन आउने महीलाहरु अहिले सेवा पाउँदा खुसि भएका छन् । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह-प्राध्यापक डा. सुरेश रसाईलीले प्रतिष्ठानमा सन्चालित निशुल्क प्रसुति सेवाले विरामिको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउनु भयो ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार प्रतिष्ठानमा प्रसुति सेवा निशुल्क भएपछि एक महिनाको अवधिमा शल्यचिकित्सा सेवावाट १ सय ३६ महीलाले सुरक्षित सुत्केरी सेवा पाएका छन् ।
त्यसैगरी, ५ वटा एमभीए (म्यानुअल भ्याकुम एस्पिरेशन), ६ वटा एक्टोपिक गर्भसम्बन्धी शल्यक्रिया तथा १ वटा मोलार गर्भसम्बन्धी शल्यक्रिया सम्पन्न गरिएको छ।
प्रतिष्ठानले विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीमार्फत प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा निरन्तर प्रदान गर्दै आएको जनाएको छ। जटिल प्रकृतिका बिरामीलाई समेत प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको प्रतिष्ठानले जनाएको छ।

यसैगरेर जेठ महिनामा प्रसुति सेवाबाट २ हजार ३ सय ५८ जना महिलाले ओपिडि सेवा र ५२ जनाको भर्ना गरेर उपचार गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस