सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/२०८४ का लागि ४६ करोड ५१ लाख १ हजार रुपैयाँको बजेट ल्याएको छ।
गाउँपालिकाको १९ औं गाउँसभामा बुधबार उपाध्यक्ष प्रकाश भण्डारीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।
पालिकाले यसपटक कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेको छ।
स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै गाउँपालिकाको आर्थिक एवं सामाजिक विकास गर्ने उद्देश्यका साथ बजेट ल्याइएको उपाध्यक्ष भण्डारीले बताउनुभयो।
प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रवार




