२०८३ असार १५ गते सोमवार

दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भिर घाइते
दाङ, १५ असार ।
दाङमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना गम्भिर घाइते भएका छन् ।

तुलसीपुरबाट एयरपोर्टतर्फ जाँदै गरेको रा ४ प १०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ९९१९ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका–६ स्थित स्टार बोर्डिङ चोक नजिक एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी रा ७ प ९९१९ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१२ का २८ वर्षीय भुवन केसी र रा ४ प १०४८ नम्बरको मोटरसाइकल चालक बबई गाउँपालिका–७ का २४ वर्षीय रोशन बस्नेत गम्भिर घाइते भएका छन् ।

केसीको टाउको, अनुहार तथा दुवै हातखुट्टामा गम्भीर चोट लागेको छ भने बस्नेतको छाती, टाउको तथा दुवै हातखुट्टामा गम्भिर चोट लागेको छ ।

दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरिएको थियो । उपचारका क्रममा भुवनको अवस्था गम्भिर भएपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस