
दाङ, १८ पुस । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड नेपालगंजले मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. १ बाँकेका विमित ५८ वर्षिय गिता बढहीको मृत्यु पश्चात उहाँको नाममा रहेको बिमा सुविधावापतको रकम उपलब्ध गराइएको छ ।
सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेडको क्षेत्रीय कार्यालय नेपालगन्जमा मृतकका छोरा अमर नाथ बढइलाई पाँच लाख २९ हजार एक सय ६७ बराबरको चेक क्षेत्रीय प्रबन्धक दिपक कुमार वलीले हस्तान्तरण गर्नुभयो ।
मृतक बढहीको दुई वर्ष नपुग्दै मृत्यु भएपछि विमाको सुविधा वापतको रकम उपलव्ध गराएको अभिकर्ता आलोक मिश्रले बताउनुभयो ।
प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार