२०८१ माघ ६ गते आइतवार

कपुरकोटमा ‘कृषि मिनि ल्याब’ स्थापना गरिने : कपुरकोट गाउँपालिका र एएसडिपि बिच सम्झौता

सल्यान, १४ पुस ।
तरकारीको लागि प्रख्यात सल्यानको कपुरकोटमा ‘कृषि मिनि ल्याब’ स्थापना गरिने भएको छ । कृषि उत्पादन बढाउन माटोको परिक्षण र आवश्यक रोग किराको पहिचान गर्न कपुरकोटमा ‘कृषि मिनि ल्याब’ स्थापना गरिने भएको हो ।

आउँदो चैतभित्र ल्याव स्थापना गर्ने गरी आवश्यक तयारी अघि बढेको छ ।

यसैबिच पालिकामा ‘कृषि मिनि ल्याव’ स्थापनाका लागि कपुरकोट गाउँपालिका र कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी) बिच शुक्रबार सम्झौता समेत भएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वली र एएसडिपीका तर्फबाट कृषि विकास अधिकृत प्रकाश पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार पालिकालाई एएसडिपीले १० लाख सहयोग गरेको छ । ल्याव स्थापनाका लागि आवश्यक सामग्रि खरिद लगायतमा आवश्यक रकम खर्च गरिने पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस