
गुल्मी, १२ पुस । गुल्मीका विभिन्न ठाउँमा चोरी गरेको आरोप एकै पटक १२ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
चोरीको आरोपमा पक्राउ परेका १२ जनालाई जिल्ला प्रहरी कार्यालले गुल्मीले सार्वजनिक गरेको हो ।
ग्रामीण भेगमा विभिन्न गाउँमा चोरीका घटनाहरु भएको भन्दै नागरिकहरु त्रसित भएका थिए । तर चोरी गर्नेहरु पत्ता लागेका थिएनन् ।
तर पछिल्लो समय जिल्ला प्रहरी कार्यालय गुल्मीले गाउँगाउँमा चोरी गर्ने अभियुक्तालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका १२ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले बताउनुभयो ।
प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार