२०८१ असार ३० गते आइतवार

सल्यानमा वेवारिसे अवस्थामा एक बालकको शब फेला

सल्यान, ७ पुस । सल्यानमा बेवारिसे अवस्थामा एक बालकको शब फेला परेको छ । पत्रकार इन्द्र बहादुर बुढाथोकीका अनुसार बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ काफलपानीको तारुपरेको सिद्ध गुफा नजिकै अन्दाजी १५ वर्षका बालकको शब फेला परेको हो ।

स्थानीय महिलाहरु घाँस काट्न गएको अवस्थामा शब फेला पारेका थिए । अहिले त्यसतर्फ ईलाका प्रहरी कार्यालय देवस्थलको टोलि घटना स्थलमा गएको छ ।

प्रकाशित मिति : २०८० पुष ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस