२०८० फाल्गुन २१ गते सोमवार

शान्तिनगरमा भुमिहिन सुकुम्बासीलाई अस्थायी लालपुर्जा वितरण


दाङ, २७ मंसिर । शान्तिनगर गाउँपालिकाले भुमिहिन सुकुम्बासीलाई अस्थायी लालपुर्जा (रातो पुर्जा) वितरण गर्न सुरु गरेको छ । पहिलो चरणमा पालिकाले वडा नं. २ का सुकुम्बासीलाई अस्थायी लालपुर्जा दिएको हो ।

लाल पुर्जा भएपछि स्थानीय खुसी भएका छन् । वडा नम्बर २ का वडा अध्यक्ष सुनिल ओलीको अध्यक्षता तथा पालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता तथा पालिका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा ७५८ जना भुमिहिन सुकुम्बासीलाई अस्थायी निस्सा वितरण गरिएको हो ।अस्थायी निस्सा पाएसंगै स्थानीय कणर्सिङले अध्यक्ष प्रमोद बस्नेतलाई धन्यवाद दिनुभयो ।

आफुले चुनाबमा गरेको बाचा अनुसार चाडै रातो लालपुर्जा स्थानीयलाई दिलाउने अध्यक्ष बस्नेतले बताउनुभयो । यसैगरि पालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७ नं वडाका भुमिहिन सुकुम्बासीलाई पनि चाडै अस्थायी निस्सा वितरण गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस