२०८० फाल्गुन २१ गते सोमवार

घट्यो, इन्धनको मूल्य

दाङ, १४ मंसिर । नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ , डिजेल र मट्टिीतेल प्रतिलिटरमा ४ रुपैयाँले घटेको छ ।

अब पेट्रोलको मूल्य क वर्ग (चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज,भलवारी, नेपालगञ्ज , धनगढी र बिरगञ्ज)मा प्रतिलिटर १६७ रुपैँया ५० पैसा र डिजेल, मट्टी तेलकोको मूल्य १५७ रुपैँया ५० पैसा कायम भएको छ ।

यस्तै ख वर्ग दाङ र सुर्खेतमा पेट्रोल प्रतिलिटर १६९ रुपैँया ५० पैसा, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५९ कायम गरिएको छ । यस्तै ग वर्ग काठ्माण्डौ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७० रुपैँया कायम गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६० कायम गरिएको छ ।

खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्य मंसिर १५ गते राती १ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस