२०८० फाल्गुन १५ गते मङ्गलवार

विवाह गर्ने बहानामा महिलालाई जवरजस्ती करणी गर्ने पुरुष पक्राउ

सांकेतिक तस्वीर

दाङ, ६ मंसिर । दाङमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा घोराही उपमहानगरपालिका १५ का ३१ वर्षीय सुवास पुलामीलाई प्रहरीले पक्राउ गरेको हो ।

महिलाई विवाह गर्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले पुलामीलाई उनलाई गरेको हो ।

पुलामीलाई सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस