दाङ, ५ मंसिर । दाङमा एकै घरका दुई दाजुभाई मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना घर भई तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूणर्बहादुर बस्नेत र उहाँका भाई ३० बर्षीय टेकबहादुर बस्नेत मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उहाँहरु बस्ने घरमा घरबेटी बस्दैनथे । पूणर् परिवारका साँइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बताउनुभयो ।
मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिम स्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाई छ । पोष्टमार्टम रिपोर्टपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी डिएसपी पोखरेलले बताउनुभयो ॥
प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार