
दाङ, २३ कार्तिक । तुलसीपुर होटल व्यवसायी समितिले पश्चिम दाङका पर्यटकियस्थलमा खाना साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
रैथाने खानाको प्रवद्र्धन गर्न र पर्यटकियस्थलको प्रचारप्रसारमा सहयोग पुर्याउने उद्देश्यले पर्यटकियस्थलमा खाना साँस्कृतिक कार्यक्रम गर्ने भएको हो । तिहार सकिएलगत्तै पश्चिम दाङका प्रमुख पर्यटकियस्थल पुरन्धारा छहरा, तुलसीपुरको चमेरेगुफा लगायतका ठाउँमा खाना साँस्कृतिक कार्यक्रम गर्ने तयारी गरिएको होटल व्यवसायी समिति तुलसीपुरका तुफान केसीले बताउनुभयो ।
रैथाने खानाको प्रवद्र्धन गर्न र पर्यटकियस्थलको प्रचारप्रसारका लागि खाना साँस्कृतिक कार्यक्रम गर्न लागेको उहाँको भनाई छ । पर्यटकियस्थलमा कार्यक्रम गरिसकेपछि माघमा माघि मिलन तथा रैथाने कार्यक्रम गर्ने सचिव केसीले बताउनुभयो ।
कार्यक्रम गर्नका आवश्यक छलफल गर्न बुधबार तुलसीपुरमा बैठक बसेको हो । समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेको अध्यक्षता तथा लुम्बिनी प्रदेश पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीको प्रमुख आतिथ्यतामा भएको छलफलमा समितिले पर्यटन क्षेत्रको विकासका लागि पश्चिम दाङमा खाना साँस्कृतिक कार्यक्रम गर्ने प्रस्ताव अघि सारेको हो ।
त्यस अवसरमा कार्यकारी निर्देशक जोशीले यसबारेमा आफुहरु सकारात्मक रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा भएका पर्यटकिय स्थलको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक बढाउने योजनामा प्रदेश सरकार रहेको बताउनुभयो ।