२०८२ बैशाख १७ गते बुधवार

दाङमा सवइञ्जिनियरमाथि कुटपिट : एक जना निर्माण व्यवसायी पक्राउ

दाङ, २२ कात्तिक । दाङमा सवइञ्जिनियरलाई हातपात गरेको आरोपमा एक जना निर्माण व्यवसायी पक्राउ परेका छन् । कुटपिटको आरोपमा प्रहरीले ओसिस कन्ट्रक्सनका सञ्चालक प्रकाश महतारालाई पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिकाका सवइञ्जिनियर भरत केसीले आफुलाई निर्माण व्यवसायी महतराले कार्यकक्षमै हातपात गरेको भनी उजुरी दिएपछी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

निर्माण व्यवसायी महतराले भुक्तानीमा ढिलाई गरिदिएको भन्दै मंगलबार कार्यकक्षमै गालीगालौज गर्दै मुक्का प्रहार गरेको पिडित केसीले बताउनुभयो । पक्राउ परेका महतरालाई अहिले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएको छ ।

ढिकपुर विद्यालयको भवन निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी महतराले को सम्झौता अवधि २०८० असार मसान्तमै काम सकेपनि यही कात्तिक १९ गते बसेको घोराही उपमहानगरपालिको कार्यपालिका बैठकले पुनः काम सम्पन्न गर्न भन्दै म्याद थप गरिदिएपछी निर्माण व्यवसायी महतारा सवइन्जिनियर केसीको कार्यकक्षमा पुगेका हुन् ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले निर्माण व्यवसायीले कर्मचरीलाई हातपात गर्नुको कारणबारे आफुलाई जानकारी नभएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस