२०८१ जेष्ठ ५ गते शनिवार

भूकम्प प्रभावितलाई बिजौरी उद्योग वाणिज्य संघले खाद्यान्न सहयोग गर्ने

बिजौरी, २१ कार्तिक । बिजौरी उद्योग बाणिज्य सघले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि खाद्यान्न सहयोग गर्ने भएको छ ।

सघको सोमबार बसेको आकस्मिक बैठकले भूकम्प पीडितका लागि तत्काल ५१ हजार बराबरको खाद्यान्न सामाग्री निणर्य गरेको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त खाद्यान्न सामाग्री जिल्ला प्रसासन दाङलाई हस्तान्तरण गरि समन्धित जिल्लामा पठाउने घोषणा गरिएको छ ।

संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा बसेको बैठकले भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिम ठुलो मात्रामा जनधनको क्षति भएको प्रति दुःख व्यक्त पनि गरेको छ ।

साथै सघले राहत सङ्कलन कार्यमा सहभागी भई सहयोग पुर्‍याउन सबैलाई अपिल समेत गरेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस