२०८१ मङ्सिर २२ गते शनिवार

मेची – महाकाली सडक मानवको उद्धार यात्रा अभियान : १३२ जनाको उद्धार

दाङ, १४ कात्तिक । नेपाल मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय अभियानको यात्रा अन्र्तगत १ सय ३२ जना सडक मानवको उद्धार गरिएको छ । सडकमा कोही पनि व्यक्ति आश्रित नरहुन् भन्ने उद्देश्यले गत असोज २६ गतेदेखि अभियानको सुरु भएको अभियानका संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।

चाडपर्वमा कोहि पनि सडकमा बस्न नपरोस् भनेर अभियान चलाएका उहाँले बताउनुभयो । उद्धार गरिएका कतिपय सडक मानवलाई घरपरिवारमा पुर्नस्थापना गरिएको छ भने कोही र केही पनि नभएका सडक मानवलाई मावन आश्रममा राखिएको संयोजक तिमिल्सिनाले बताउनुभयो ।

मंंिसरको ४ गते सम्म यात्राको अभियान भए पनि २० गते भित्र महाकाली पुग्ने योजना रहेको छ । दाङको तुलसीपुर आइपुगेको यात्रा मंगलबार बाँकेको नेपालगंज पुग्नेछ ।

यात्रामा स्थानिय सरकार, परोपकारी मन भएका व्यक्तिहरुको सहयोगले यो अभियानले सार्थकता पाइरहेको समेत उहाँले बताउनुभयो ।

अभियानमा ४० जनाको सहभागिता रहेको छ । नेपाल मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय अभियानको यात्रा सोमबार दाङको तुलसीपुर आइपुगेको छ । सोमबार तुलसीपुर आइपुगेकोमा यात्राको समुहलाई तुलसीपुर उपमहानगरपालिकाले स्वागत गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास शाखाका संयोजक मान बहादुर रावतको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा तुुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुर उपमहानगरपालिकाले मानव सेवा आश्रमका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

यसैबिच अभियानलाई तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास संयोजक मान बहादुर रावत र विपत व्यवस्थापन शाखा प्रमुख टोप बहादुर डाँगीले आर्थिक सहयोग गरेका छन् । स्वागत कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस