२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा शौचालयबाटै भागे कैदी

दाङ, १३ कार्तिक ।
दाङमा प्रहरी नियन्त्रणमा रहेका एक व्यक्ति फरार भएका छन् । मोबाइल चोरेको भन्दै तीन दिनअघि प्रहरीले पक्राउ गरेका दाङ घोराहीका विवेक नेपाली स्वास्थ्य परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका बेला भागेका हुन् ।

शौचालय जान्छु भनेका नेपाली भागेपछि उनको अहिले खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले कैदी फरार रहेको पुष्टि गर्नुभयो ।

प्रतिष्ठानमा उपचार गर्न आएका कैदी सौच गर्न शौचालय जाने भएपछि प्रहरीले हत्कडि खोलेपछि उनि फरार भएका छन् । नेपालीलाई खोज्न अहिले घोराहीमा व्यापक प्रहरी परिचालन गरिएको एसपी केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस