२०८१ जेष्ठ ९ गते बुधवार

दशैँको टिका लगाउने क्रम आज पनि जारी

दाङ, ८ कार्तिक । दशैँको टीकाको आज दोस्रो दिन । दशमीको दिन हिजो टीका थाप्न नभ्याएकाले आज पनि टिका लगाउँदै छन् । कोजाग्रत पूर्णिमाको फुलपाती नसेलाउन्जेलसम्म टीका लगाउने चलन रहेको छ । आजको दिनमा पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ ।

देशका कतिपय स्थानमा भने विजयादशमीको दिन मात्रै टिका थाप्ने चलन छ । आफन्त तथा मान्यजनकहाँ गइ आर्शीवाद ग्रहण गर्दै दसैँ मनाइदै छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।

यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीका रुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन् । आज बिहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ ।

पूजापाठ अनि मन्दिर दर्शन पश्चात यस एकादशीको एकादशी महिमा सुन्ने चलन रहेको छ । एकादशीमा वर्त वस्नाले मामाघर तर्फवाट दश पुस्ता, पितृकुल तर्फवाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फवाट दश पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त गर्ने जनविश्वास रहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस