२०८१ कार्तिक २० गते मङ्गलवार

बझाङ केन्द्रविन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प

दाङ, १६ असोज । मंगलबार बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तालकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो ।

भूकम्पबाट के कस्तो क्षति भयो भन्ने बिवरण प्राप्त भएको छैन । भूकम्पको धक्का पश्चिम नेपालका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

यसैगरी दाङ, काठमाडौ,चितवन,हेटौडा,नुवाकोट,सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा पनि ३ बजेर ८ मिनेट जाँदा अर्काे भूकम्पको धक्का महसुस गरिएको थियो । यो बिगतका भूकम्पको पराकम्प भएको बताइएको छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस