२०८१ चैत्र ८ गते शुक्रवार

दाङमा लागुऔषध मुद्धाका फरार एक प्रतिवादी पक्राउ

दाङ, १४ असोज ।
दाङमा लागुऔषध मुद्धाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले गढवा गाउँपालिका वडा नम्बर ४ गंगापुरका २४ वर्षिय अभिषेक पौडेललाई पक्राउ गरेको हो ।

उनलाई दाङ देउखुरी जिल्ला अदालतले २०७९ फागुन १८ गते लागुऔषध मुद्धामा ९ महिना ७ दिन कैद सजाय फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका पौडेललाई लमही-५ देवपुरमा लुकिछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

पक्राउ परेका पौडेललाई आइतबार अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस