दाङ, ११ असोज । दाङमा अवैध काठ ओसारपसारका फरार एक प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । बिना इजाजत अवैध काठ ओसारपसार मुद्धामा प्रहरीले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवाका ५२ वर्षिय रामकुवेर यादवलाई पक्राउ गरेको हो ।
यादवलाई अवैध काठ ओसारपसार मुद्धामा सर्बोच्च अदालतले २०७६ साल जेठ ३० गते ६ महिना कदै र ८२ हजार ७०४ जरिवाना फैसला गरेको थियो । फैसलापछि फरार रहेका यादवलाई बिहिबार भैसहवा गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
पक्राउ परेका यादवलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार