२०८१ चैत्र ६ गते बुधवार

दाङमा मोटरसाइकलमा आगो लगाउने एक महिला पक्राउ

दाङ, ११ असोज । दाङमा मोटरसाइकलमा आगो लगाउने एक महिला पक्राउ परेकी छन् । मोटरसाइकलमा आगो लगाएको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर १० सौडेकुलाकी ३२ वर्षिय मीना चौधरी पक्राउ परेकी हुन् ।

चौधरीलाई घोराही-१८ पुष्पान्जली टोलका बिराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकलमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले बताउनुभयो । लेनदेनका विषयलाई लिएर चौधरीले मोटरसाइकलमा आगो लगाएको उहाँले बताउनुभयो ।

आगो लगाए लगत्त प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपनि मोटरसाइकल पूणर्रुपमा जलेर नष्ट भएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस