
दाङ, ३१ भदौ । दाङमा बैंकिङ कसुर मुद्धाका फरार एक प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार तुलसीपुर-१० गैरीगाउँका ३६ वर्षिय यज्ञ बहादुर केसीलाई पक्राउ गरेको हो ।
केसीलाई सर्वोच्च अदालतले गत वर्ष माघ ४ गते बैंकिङ कसुर मुद्धामा १४ लाख ५० हजार जरिवाना गरेको हो । उनलाई घोराही-१५ स्थित हिलटन होटेलमा लुकिछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुुर मल्लले बताउनुभयो ।
पक्राउ परेका केसीलाई आइतबार जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार