२०८१ माघ २ गते बुधवार

दाङमा आफ्नै बुवाको हत्या आरोपमा छोरा पक्राउ


दाङ, २९ भदौ । दाङमा आफ्नै बुवाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ५ दलजितपुरका ५१ वर्षिय प्रेम बहादुर केसीको हत्या आरोपमा २८ वर्षिय छोरा सन्तोष केसी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लका अनुसार छोरा सन्तोषले बुवालाई लात्ती र मुक्का प्रहार गरी हत्या गरेको खुलेको छ ।

आफ्नै आमा लुमा खत्रीको जाहेरीको आधारमा छोरा सन्तोषलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस