२०८१ चैत्र ६ गते बुधवार

बालेन शाह विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा

काठ्माण्डौ, २८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई प्रतिष्ठित टाइम म्यागेजिनले विश्वका उदीयमान सय नेताको सूचीमा समावेश गरेको छ ।

म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो ।

टाइमले सन् २०१९ देखि उदयमान नेताहरूको सूची सार्वजनिक गर्दै आएको छ ।

वर्ष २०२३को सूचीमा बालेन पनि अटाउनुभएको हो । टाइमले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार बनेका ३३ वर्षीय शाहले यथास्थितिप्रतिको मतदाताको आक्रोशलाई सामाजिक सञ्जालको मद्दतले उपयोग गर्दै बालेन इफेक्ट सिर्जना गरेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस