दाङ, २३ भदौ । नेशनल प्याब्सन दाङको अध्यक्षमा भोजराज न्यौपाने चयन हुनुभएको छ ।
एन प्याब्सन दाङको शुक्रबार भएको छैठौँ जिल्ला अधिवेशनबाट न्यौपाने सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
एन प्याब्सन दाङको जिल्ला उपाध्यक्षमा ठाकुर डाँगी र शरद गौतम, सचिवमा शालिकराम कार्की, कोषाध्यक्षमा भुवन वली, सह-सविमा दिपक यादव, सह कोषाध्यक्षमा दिपक खड्का चयन हुनुभएको छ ।
यस्तै सदस्यमा फत्ते बहादुर खड्का, रोमहर्ष शर्मा, सगिता रोकाय, शोभा केसी, कुलदिप गौतम, कुमार नेपाली, नेब बहादुर खत्री ,राज बोहरा, लोकराज भुषाल, शरद देबकोटा र भानुभक्त यादब सर्वसम्मतीरुपमा चयन हुनुभएको छ ।
प्रकाशित मिति : २०८० भाद्र २३ गते शनिवार


