२०८१ जेष्ठ ९ गते बुधवार

विद्यालयभित्रै बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सहचालक पक्राउ

दाङ, १७ भदौ ।दाङको देउखुरीमा रहेको आदर्श नमुना माध्यामिक विद्यालयमा अध्ययनरत एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । राप्ती गाउँपालिका-२ लालमटियामा रहेको आदर्श विद्यालयमा शिशु कक्षामा अध्ययन गर्ने सुस्त मनस्थितीका दृष्टिविहीन १३ वर्षीया बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

बलात्कार गरेको आरोपमा आर्दश विद्यालयका कार्यालय सहयोगी तथा बसका सह-चालक ४० बर्षिय रामबहादुर खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज बिहान ८ बजे विद्यालयबाट पक्राउ गरिएको उहाले बताउनुभयो ।

खनालाले भदौ ४ गते बालिकामाथि बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ । विगत पाँच वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस