२०८१ चैत्र ८ गते शुक्रवार

दाङमा चोरी मुद्धामा फरार प्रतिवादी दुई जना पक्राउ

दाङ, १० भदौ । चोरी मुद्धामा फरार प्रतिवादी दुई जना पक्राउ परेका छन् । प्रहरीले घोेराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्लीका ३१ वर्षिय बुद्धीराम चौधरी र ३३ वर्षिय निम बहादुर चौधरीलाई पक्राउ गरेको हो ।

दुवै जनालाई घोराही-१५ अदालत अघि हिडिरहेको अवस्थामा आइतबार (आज) पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

उनीहरु दुवै जनालाई चोरी मुद्धामा दाङ देउखुरी जिल्ला अदालतले २०७९ साल भदौ १२ गते जनही ३/३ महिना कैद सजाय र ३/३ हजार नगद जरिवाना फैसला गरेको छ । पक्राउ परेका दुवै जनालाई अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस