
दाङ, ३२ साउन । महिलाको तिलहरी लुट्दालुट्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
तुलसीपुरको नयाँ बसपार्कमा सल्यानकी निर्मला खत्रीको तिलहरी लुट्दालुट्दै तुलसीपुर १८ का नवीन सुनारलाई प्रहरी चौकी बसपार्कले पक्राउ गरेको हो ।
सल्यानबाट तुलसीपुर बुहारी भेट्न आएकी निर्मलालाई बुहारीको घर पुर्याइदिने भन्दै नवीनले बाइकमा बसाएर केही परलगि तिलहरी लुटेका थिए ।
महिला चिच्याएपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लका अनुसार बसपार्क चौकी इन्चार्ज असई सन्तोष आचार्यको टोलीले नविनलाई पक्राउ गरेको हो । प्रहरी लुटिएको तिलहरी समेत बरामद गरेको छ ।
उनलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार