
दाङ, ३२ साउन । दाङमा एक युवतीलाई प्रहरीमा जागिर लगाउने बहानामा रकम असुल्ने व्यक्ति पक्राउ परेका छन् ।
लमही नगरपालिका वडा नम्बर ७ कमानपुर घर भएकी एक युवतीलाई रकम असुल्ने पाल्पा तानशेन नगरपालिका वडा नम्बर ८ घर भई काठ्माण्डौमा बस्दै आएका ५८ वर्षिय नरेश गौतमलाई पक्राउ गरेको हो ।
गौतमले युवतीलाई नेपाल प्रहरीमा जागिर लगाईदिने भनी २ लाख रुपैया ठगि गरि फरार भएका थिए । उनलाई दाङ देउखुरी जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी गरि खोजतलास गर्ने क्रममा बुधबार काठमाण्डौबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
उनलाई ठगि मुद्दामा म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार