२०८१ फाल्गुन ४ गते आइतवार

घरधनीलाई कुटपिट गरि लाखौं रकम लुटपाट 

दाङ, २६ साउन । दाङको घोराही १२ को एक घरमा लुटपाट भएको छ । गएराति करिब साढे १० बजेतिर ८/१० जनाको समूहमा आएका युवाहरुले पसलमा सामान किन्ने बहानामा घोराही उपमहानगरपालिका वडा नम्बर १२ रामकोटका ४५ बर्षिय मान बहादुर  बस्नेतको घरमा लुटपाट गरेका हुन् ।

बेलुकाको खाना खाएर सुत्ने तयारीमा रहेका बेला समुहमा आएका युवाहरुले पसलमा सामान किन्न आएको भनि बोलाएपछि बस्नेतले ढोका खोल्नु भएको थियो । 


युवाहरुले मान बहादुर र उहाकी श्रीमती तिला बस्नेतलाई कुटपिट गरि घरमा भएको ६ लाख नगद, पसलको सरसामान र गरगहनाा लुटपाट गरेर भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

कुटपिटबाट बस्नेत दम्पती घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछि अहिले अवस्था सामान्य रहेको डिएसपी गौतमले बताउनुभयो । 

त्यस्तै लुटपाटको घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका ३ जनामाथि थप अनुसन्धान भइ रहेको छ भने फरार रहेका अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ  । 

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस