
सल्यान, २३ साउन । सल्यानमा आफ्नै छोराले टाउकोमा हानेर आमाको हत्या गरेका छन् । शारदा नगरपालिका वडा नम्बर १३ माथिल्लो सल्यानचौरमा मंगलबार बिहानै छोरा २३ वर्षिय नबिन भण्डारीको लाठीप्रहारबाट ४८ बर्षिय आमा शारदा भण्डारीको हत्या भएको हो ।
छोराले आमोको टाउकोमा लाठी प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
आमाबुवा सुतिरहेको कोठामा प्रवेश गरेर बिहान ४ बजेतिर नबिनले आफ्नै आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे स्थानीयले जानकारी गराएपछि अहिले प्रहरी घटनास्थल पुगेर आमाको हत्या गर्ने नविनलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रनि सन्तोष खनालको कमाण्डमा ५ जनाको प्रहरी टोली खटाइएको छ । लाठी प्रहार गरेर आमाको हत्या गर्ने नवीन मानसिक रुपमा समस्याग्रस्त रहेको स्थानियले बताएको वडा अध्यक्ष सुरेन्द्र बुढाले जानकारी दिनुभयो ।