
दाङ, १२ साउन । दाङको तुलसीपुरमा अज्ञात व्यक्तिले सडक बत्तिमा तोडफोड भएको छ । तुलसीपुर १८ को शिबालय टोल र मालबिजौरी टोल विकास संस्थामा गएराति सडक बत्ति र डस्ट बिनमा तोडफोड भएको मिलिजुली सरसफाई समितिका अध्यक्ष नबिना केसीले जानकारी दिनुभयो ।
टोलमा करिब १० हजारको क्षति भएको केसीले बताउनुभयो । उहाँका अनुसार बल्ब ४ थान डस्टबिन एक थान चोरी भएको छ । यसअघि पनि सोही टोलमा पहिले ३ थान बल्ब चोरी भएको थियो ।
टोलबासीको सुरक्षाको लागि राखिएको सडकबत्तिमा तोडफोड भएपछि टोलबासीहरु झनै असुरक्षा भएको उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाको सहयोग तथा शिबालय टोल र मालबिजौरी टोलको साझा संस्था मिलिजुली सरसफाई समितिले सरसफाईको लागि डस्टबिन र सडक बत्ति जडान गरेको थियो ।
टोलबासीले प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई गर्नुका साथै प्रत्येक घरधुरी बाट ५० रुपैया संकलन गर्ने गरेका छन् । टोलले सोही रुपैयाले सडकबत्ति बाल्ने गरेको पत्रकार सुनिल पोखरेल मज्गैँयाले जानकारी दिनुभयो ।