२०८१ जेष्ठ ८ गते मङ्गलवार

रुन्टीगढी गाउँपालिकामा कृषक संजाल हुने


रोल्पा, ११ साउन । रोल्पाको रुन्टीगढी गाउँपालिकाको प्रत्येक वडाहरुमा कृषक संजाल गठन हुने भएको छ ।

गाउँपालिकामा पालिका स्तरिय कृषक संजाल पुनः गठन गर्ने भनी बसेको भेलाले पालिकाको प्रत्येक वडाहरुमा गठन गर्ने निणर्य गरेको हो ।

केही वडाहरुमा गठन भए पनि फेरि पनः गठन हुने भएको हो । रुन्टीगढी गाउँपालिका कृषि शाखा आयोजना तथा समुन्ति परियोजनाको सहजीकरणमा गठन सम्बन्धी छलफल भएको हो ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले संजाललाई सक्रिय बनाउन वडा तहबाटै वडा सजाल गठन भई छानिएर पालिका स्तरमा आउदा अगाडी बढाउन र सक्रिय बनाउन सहज हुने बताउनुभयो ।

उपाध्यक्ष सरिता केसीको अध्यक्षतामा भएको कार्यक्रममा समुन्ति परियोजनाका पदाधिकारीहरु , जनप्रतिनिधिहरु, पालिका कर्मचारी, गोल दोस्रो परियोजनाका पदाधिकारी लगाएत कृषकहरुको पनि सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस