२०८१ माघ २ गते बुधवार

दाङमा बसभित्र एक वृद्धालाई सामुहिक बलत्कार गर्ने दुई जना पक्राउ

दाङ, ५ साउन । दाङमा बसभित्र एक वृद्धालाई सामुहिक बलत्कार गर्ने दुई जना पक्राउ परेका छन् ।
तुलसीपुरको नयाँ बसपार्कमा रोकिराखेको ना ४ ख ७८४८ नम्बरको बसमा एक ७३ वर्षिय वृद्धालाई सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले बलात्कारमा संलग्न तुलसीपुर-१५ का पुष्कर रोका र सल्यानको कुमाख-७ का रेशम विकलाई घटनास्थलबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

उपचारका लागि तुलसीपुर आएकी प्युठानकी ७३ वर्षीया वृद्धालाई गएराति करिब साढे १२ बजेतिर गाडीका स्टाफले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

वृद्धलाई सहयोग गर्ने वाहानामा ललाइ फकाइ तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुर्याएर पालैपालो बलात्कार गरिरहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस