२०८१ जेष्ठ ५ गते शनिवार

अपहरण तथा जबरजस्ती करणी मुद्दामा दाङका एक फरार प्रतिवादी पक्राउ

दाङ, १८ असार । अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार दाङका एक व्यक्ति काठ्माण्डौबाट पक्राउ परेका छन् । प्रहरीले अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दाङ साविक उरहरी गाबिस–८ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय नविन बस्नेतलाई आइतबार साँझ पक्राउ गरेको हो ।

नविन बस्नेतसहितका प्रतिवादीहरूले एक महिलालाई २०६७ असार १५ गते राति दाङ तुलसीपुर नगरपालिका–५ नयाँ बसपार्कस्थित गेष्ट हाउसबाट अपहरण गरेर दाङ तुलसीपुर उपमहानगरपालिका ५ र ९ को सिमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा लगि सामुहिक जबरजस्ती करणी गरेको गरेका हुन् ।

बस्नेतलाई अपहरण तथा जबरजस्ती करणी मुद्दामा घटनामा सर्वोच्च अदालतको २०७९ जेठ १० गतेको फैसलाले ६ वर्ष कैद सजाय ठहर गरेको हो । अदालतबाट दोषि ठहर भई प फरार रहेका प्रतिवादी बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं काभ्रेस्थलीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस