२०८१ माघ ३ गते बिहिवार

जातीय भेदभाव गर्ने पोखरेललाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमती

दाङ, १७ असार । जातीय भेदभाव गरेको आरोपमा पक्राउ परेका घोराही-१७ भरतपुर पनौराका ताराप्रसाद पोखरेललाई थप पाँच दिन थुनामा राख्न दाङ देउखुरी जिल्ला अदालतले अनुमति दिएको छ ।

घरमा डेरा गरी बस्ने शान्ति बिक र उहाँको छोरीलाई जातीय भेदभाव गरेको आरोपमा पक्राउ परेका पोखरेललाई थप अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न आदेश दिएको हो ।

पोखरेलले शान्तिलाई तिमिहरु कामी रहेछौ, मैले घर बनाएदेखी अहिलेसम्म कुनै दलितलाई घरमा प्रवेश गराएको छैन, तिमिहरु कोठामा आएपछि म बिरामी भएको छु तुरुन्त घरबाट निस्कीनु भनेका थिए ।

पोखरेलले शुक्रबार भाँडाकुडा र लत्ताकपडा कोठाबाट निकालेपछि पिडितले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा पक्राउ परेका ६० वर्षिय पोखरेललाई अदातलतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा दोषि ठहर भएमा जातीय भेदभाव तथा छुवाछुत ऐन २०६८ बमोजिम तीन महिनादेखि तीन वर्षसम्म कैद र तीन लाख रुपैँयासम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस