२०८१ असोज ४ गते शुक्रवार

तुलसीपुर कारागारमा १६ जना विदेशी कैदीबन्दी

दाङ, १६ असार । तुलसीपुर कारागारमा १६ जना विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न अपराधमा संलग्न १६ जना विदेशी पुरुष तुलसीपुर कारागारमा जेल जीवन बिताईरहेको जेलर चिन्तामणी रेग्मीले जानकारी दिनुभयो । उनीहरुमध्ये अधिकांश भारतीय नागरिक हुन् ।

उहाँका अनुसार कारागार कार्यालय तुलसीपुरमा कैदीबन्दी ५ सय २९ जना रहेका छन् । जसमा पुरुष कैदीहरूको संख्या ४५१ रहेको छ भने महिला कैदीको संख्या २२ रहेको छ । यस्तै थुनुवा १३ जना पुरुष र महिला २४ जना रहेका छन् ।

थुनुवा कैदीका बालबच्चाको रेखदेख सरकारले नै गर्नुपर्ने भएकाले कैदीका तिन जना बालबालिका समेत आश्रित रहेको उहाँले बताउनुभयो ।

कारागारमा बलात्कार मुद्दाका कैदी र थुनुवा मात्रै १ सय ८४ जना रहेका छन् । यस्तै कर्तव्य ज्यान मुद्दाका १ सय ४५, लागू औषध मुद्दाका १ सय ६, चोरी मुद्दाका २२, जिउ मास्ने बेच्ने मुद्दाका १८, ज्यान मार्ने उद्योग,अपहरण, डाँका चोरी, सवारी ज्यान मुद्दाका ६÷६ जना रहेका छन् ।

यस्ते ठगी मुद्दाका ४, बैंकिङ कसुर, हातहतियार, वन पैदावार, बहु विवाह र अप्राकृतिक मैथुन सम्बन्धी मुद्दाका ३÷३ जना रहेको कारागार जेलर रेग्मीले बताउनुभयो । त्यसैगरी लेनदेन, आगलागी, खोटाचलन र अन्य दुई/दुई जना रहेका छन् ।

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस