२०८१ माघ २ गते बुधवार

दंगिशरणको चखौरामा धान महोत्सव


दंगीशरण, १५ असार
बुलबुलिया दंगीशरण ३ चखौराको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहयोगमा २० औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सब दंगीशरणको चखौरामा सम्पन्न भएको छ ।

‘जलवायु अनुकुलित कृषक मैत्री प्रविधि,धान उत्पादनमा वृद्धि’ भन्ने मुल नारा सहित धान दिवस कार्यक्रम गरीएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले गाउँपालिका कृषि साखाले उन्नत जातको धानको बिउ खरीद गरी अनुदानमा वितरण गरेकाले अब सबै किसानहरु उन्नत जातको धानको बिउ प्रती आकार्षित हुन आग्रह गर्नुभयो ।

यस्तै अध्यक्ष गिरीले रासायनिक मलको अभाव राष्ट्रिय समस्या रहेकाले आफु दुखि भएको बताउदै रासायनिक मललाई न्यूनीकरण गरी प्राङ्ग्गारीक मलको प्रयोग तर्फ लाग्न आग्रह गर्नुभयो । जलवायु अनुकुलित प्रविधि अपनाएर धान उत्पादनमा वृद्धि गर्ने प्रमुख उदेश्यका साथ २० औं धान दिवसको अवसरमा धान रोपाइ महोत्सव आयोजना गरीएको गिरीले बताउनुभयो ।

धान दिवस कार्यक्रम बुलबुलिया कृषक समुहका अध्यक्ष रबिन्द्र चौधरीको सभापतीत्व,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईको बिशिष्ट आथित्यतामा भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य,अध्यक्ष, संघसंस्थाका प्रतीनिधि,किसान कृषि समुहका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रम पश्चात समुहका अध्यक्ष रबिन्द्र चौधरीको करीब ५ कठा खेतमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले धान रोपेर धान रोपाइ महोत्सबको उद्घाटन गर्नुभएको थियो । धान दिवस कार्यक्रममा कार्यक्रमको बिषयवस्तुमाथि कृषि शाखा प्रमुख शरु भुषालले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण कृषि सहायक मान बहादुर डाङ्गीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस