२०८२ बैशाख १० गते बुधवार

दाङमा छ महिनामा ३९ बलत्कारका घटना

दाङ, ११ असार । दाङमा छ महिनाको अवधिमा १ सय ५७ मानवअधिकार उल्लंघनका घटना भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको विवरण अनुसार ६ महिनाको अवधिमा विभिन्न प्रकृतिका १५७ मानवअधिकार उल्लंघनका घटना भएको देखिएको छ ।

सन् २०२३ को जनवरीदेखि जुन महिनाको अन्तिमसम्ममा जिल्लामा १५७ मानवअधिकार उलंघनका घटनामा १६६ जना पिडित भएका छन् ।

छ महिनाको अवधिमा दाङमा सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । जिल्लामा ६४ घरेलु हिंसामा ६४ जना पिडित भएका छन् ।

यस्तै ३९ वटा बलात्कार, १ वटा बलात्कार प्रयास, १२ वटा यौन दुव्र्यवहार, १ वटा बोक्सी आरोप सम्वन्धि हिंसाका घटनाहरु अभिलेख भएको इन्सेकका दाङ प्रतिनिधि जेएन सागरले जानकारी दिनुभयो ।

यसैगरी ४ वटा हत्या, हत्याको प्रयासमा २ वटा, बन्द/हड्तालमा १२ वटा, अपहरण तथा शरीर बन्धकमा १ वटा, मानव बेचबिखन तथा ओसारपसारमा ४ वटा, दुव्र्यवहारमा ५ वटा, कुटपीट सम्बन्धि ४ वटा घटनाहरु अभिलेख भएको छ ।

यस्तै, बालबिवाहका ३ वटा घटना,बहुविवाहका ३ वटा, सार्वजनिक सम्पत्ति तोडफोड सम्बन्धि २ गरी १ सय ५७ घटनाहरु अभिलेखि भएको जिल्ला प्रतिनिधी सागरले जानकारी दिनुभयो ।

तीनमध्ये ५ वटा घटना राज्य पक्षबाट भएको छ । १ सय ४७ गैर राज्यपक्षबाट भएको छ भने ५ वटा घटना अज्ञात पक्षबाट भएको तथ्यांकमा उल्लेख छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रवक्ता माधव वलीले मानव अधिकार उल्लङघन् भइरहँदा सामाजिक सद्भाव हराउँदै गएको बतउनुभयो ।

त्यस अवसरमा महिला मानवअधिकारकर्मी शुष्मा गिरी, उच्च बार इकाई सदस्य श्रीराम चौधरी, कारागार कार्यालय तुलसीपुरका प्रमुख चिन्तामणी रोग्मी, नेपाली काँग्रेस तुलसीपुर नगरका सचिव विमल पौडेलले आत्महत्या दुरुत्साहनदेखि परम्परागत मुल्यमान्यता, वैदेशिक रोगजार र पारिवारीक तथा सामाजिक लाल्छनाका कारण परिवार विघटन , लागुऔषध ओसार पसार र मोह जालको कारण मानवअधिकार उलंघनका घटना बढ्दै गएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस