२०८२ बैशाख १० गते बुधवार

शान्तिनगर-२ का वडा अध्यक्ष वली पक्राउ

दाङ, ८ असार । दाङको शान्तिनगर गाउँपालिका-२ का वडा अध्यक्ष सुनिल वली पक्राउ परेका छन् । वडाअध्यक्ष वलीलाई घोराही-१० नारायणपुरबाट शुक्रबार पक्राउ गरिएको हो ।

वडाध्यक्ष वलीले बिहीवार दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेपछि उनीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको थियो ।

पक्राउ परेका वलीलाई जाहेरीका आधारमा शुक्रबार नै म्याद थप गरेर कानुनी कारबाही अघि बढाउने डीएसपी राजन गौतमले जानकारी दिनुभयो । अनुसन्धानका लागि उनलाई बिहिबार नै म्याद थप गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा पठाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस