२०८१ माघ ९ गते बुधवार

तुलसीपुरमा गाई काटेको आरोपमा एक जना पक्राउ

तुलसीपुर, ३ असार । तुलसीपुरमा गाई काटेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले गाई काटेको आरोपमा तुलसीपुर–११ का ५६ वर्षिय बुद्धिराम सार्कीलाई पक्राउ गरेको हो ।

सार्कीले सोहि ठाउँका खिमकली खत्रीको गाईको बाच्छो काटेको आरोप छ । गाईको बाच्छो काटेर मासु घरमा राखेको आरोपमा पक्राउ परेका सार्कीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस