२०८२ जेष्ठ ७ गते बुधवार

वडा कार्यालय भवनको उद्घाटन

रिहार, २९ जेठ । दाङको लमही नगरपालिका वडा नम्बर ९ को भवन सोमबार उद्घाटन भएको छ ।

रिहारको सामुदायिक वन क्षेत्रमा आफ्नै स्वामित्व रहने गरि दुई तले प्रशासनिक ,प्राविधिक पाहुना तथा एक सय सहभागी क्षमता भएको सभा कक्ष रहेको पक्की सुविधा सम्पन्न नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको हो ।

१ करोड ५० लाख लागतमा २०७९ फागुनमा निर्माण कार्य सम्पन्न भएतापनि उद्घाटन समय आजै जुर्यो भन्दै निवर्तमान वडा सदस्य बुद्धिराम चौधरीले खुसी व्यक्त गरे ।

२०७४ को स्थानीय तहको निर्वाचन पश्चात् रिहार स्थित बगार बाबा दुग्ध संस्थाको जिर्न पानी चुहिने भवनबाट सेवा प्रवाह हुँदै आएकोमा वडाबासी सरोकारवाला नगरपालिका सहकर्मी जनप्रतिनिधि हरुको सहयोग सहकार्यमा सुविधा सम्पन्न भवन बाट वडाबासीलाई सेवा प्रदान गर्न पाउँदा खुसी लागेको कार्यक्रमका सभापति वडाअध्यक्ष भेष बहादुर केसीले बताए ।

लमही नगरपालिका प्रमुख जोगराज चौधरीले नगर क्षेत्रको आफ्नै स्वामित्व रहेको वडा कार्यालय भवनबाट सेवा सुरु भएपछि सेवाग्राहीलाई पनि सहजता हुने बताए ।

नगर उपप्रमुख लक्ष्मी योगिले कार्यालय भवन उद्घाटन हुनुको अपनत्व औचित्यपुणर् न्याय प्राप्तिको महसुस सर्वसुलभ सेवा प्रदान छिटोछरितो दिनु रहेको बताईन् ।

सामुदायिक वन महासंघका पुणर्बहादुर बस्नेतले जनप्रतिनिधि र राजनैतिक दलहरुको सहकार्यले वडा कार्यालय निर्माण भएको बताए । गायत्री टोल विकास संस्थाका अध्यक्ष श्रीराम दहितले राजनैतिक व्यवस्थाको उपज संविधान अनुसार सिंहदरबारको सुविधा अधिकार महसुस गाउँघरमा आएको महशुस गराउन वडाले महत्वपूणर् भूमिका खेल्ने बताए ।

बगार बाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक अमृत बहादुर पछाईले वडाले नयाँ भवनबाट सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनेमा विश्वस्त रहेको बताए ।

कर्मठ सहकारी संस्थाका अध्यक्ष समाजसेवी देविमाया थापाले सबैलाई धन्यवाद दिदै निर्माण कार्यमा आफ्नो संस्थाको पनि साथ रहेको बताईन् । नेकपा मावोवादी केन्द्रका प्रदेश इन्चार्ज अमर कवरले राजनैतिक शासन व्यवस्थाले नागरिकलाई महसुस गराउने वडा कार्यालय भवनबाट सेवा प्रवाहको अपेक्षा गरे ।

वडा नम्बर दुईका नेपालु चौधरीले धन्यवाद ज्ञापन गरेका हुन् । वडा सचिव विन्तिराम चौधरीको स्वागत मन्तव्यबाट भएको कार्यक्रमकोे सहजीकरण प्रिया स्मृति गजमेरले गरेका हुन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस