२०८० फाल्गुन २२ गते मङ्गलवार

बालिकालाई सामुहिक करणी गरेको आरोपमा पाँच जना पक्राउ

दाङ, २३ जेठ ।
दाङमा दुई बालिकालाई सामूहिक करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । गएको जेठ १४ गते राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियाका १४ र १२ वर्षिया दुई दिदी बहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका-६ का दुई जना १६ वर्षीय बालक, सोहि वडाका १८ वर्षीय दिलसान अहमद, गढवा गाउँपालिका-५ निवासी २० वर्षीय सोहोल भन्ने सुहेल खान र कपिलवस्तुको शिवराज नगरपालिका-११ मैतहवा घर भई हाल गढवा गाउँपालिका ६ बस्ने २० वर्षीय जादेव भन्ने जादिव अली नाउ रहेका छन् ।

पक्राउ परेका ५ जनालाई जबरजस्ती करणी उद्योग मुद्या दर्ता गरी जिल्ला अदालत घोराहीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस