२०८० फाल्गुन १५ गते मङ्गलवार

युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ

दाङ, १८ जेठ । युवा वैज्ञानिक मार्शल रोका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गराएकी थिइन् ।

युवतीको उजुरीका आधारमा रोकालाई मंगलबार पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो । पक्राउ परेका रोकालाई बुधबार दाङ जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस